Oct 29, 2013 admin Interaction 0
गत 20 अक्टोबर का दिन क्यन्तर्बुरी हल मा नेपाली आदिबाशी जनजाती मंच अस्ट्रेलिया ले नेपाल बाट आउनु भएको नेपाल बहिरा महाशंघ का पदधिकारी हरु संग बसी एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्यो र वहाँ हरु विश्व बहिरा महाशंघ को निमन्त्रण र आयोजित कार्यक्रम का लागि गत 15 अक्टोबर सिड्नी आउनुभएको थियो।
सो टोलि मा भुतपुर्ब शभासद श्री माननीय राघव बिर जोशी , राष्ट्रिय बहिरा महाशंघ नेपाल को अध्यक्छ कल्पना बज्राचार्य,
राष्ट्रिय बहिरा महाशंघ नेपाल का महासचिब श्री केदार प्रसाद अधिकारी,
राष्ट्रिय बहिरा युब शंघ नेपाल का कोष अध्यक्छ श्री सचिन कुमार श्रेष्ठ,
राष्ट्रिय बहिरा युब शंघ नेपाल का सदस्य श्री छेजी नंग्यल शेर्पा,
विश्व बहिरा महाशंघ छेत्रीय एशिया महादेश का सदस्य श्री राजेन्द्र प्रसाद शर्मा,
नेपाल सांकेतिक दोभाषे जुनी (राधा) चापागाईं र लक्ष्मी आचार्य लगायत 11 जान को टोलि आउनु भएको थियो।
सो भेटघाट कार्यक्रम मा वहाँ हरु ले नेपाल मा बहिरा तथा अन्य आपंग हरु ले बेहोर्नु परेको समस्या प्रति र नेपाल सरकार ले बेवास्ता गरेको भन्ने गुनासो गर्नु भएको थियो. र ऑस्ट्रेलियन सरकार ले आपंग हरु लाई गर्ने व्यवहार र नेपाल सरकार को व्यवहार मा धेरै अन्तर रहेको बताउनु भयो. सो कार्यक्रम मा राष्ट्रिय बहिरा महाशंघ नेपाल को अध्यक्छ कल्पना बज्राचार्य ले नेपाल का राजनीति दल हरु ले सधै समाबेशी मात्र खोक्रो नारा दिने तर ब्यबहार मा नउतार्ने हुदाँ यस राष्ट्रिय बहिरा महाशंघ को अध्यक्छ मा म नै पहिलो महिला नेतृत्त गरेको छु।
भुतपुर्ब सभासद रघु बिर जोशी ले म राजनीतिक व्यक्तित्व नभए पनि हाम्रो अधिकार सुनिस्चित गर्न को लागि हामी ले सहभागी नभएसम्म कसै ले नसुन्ने रहेछ भन्ने लागे र गत संबिधान शभा मा नेपाल सयुक्त पार्टी को तर्फ बाट समानुपातिक बाट म सह्भाघी भए र मैले सक्दो प्रयास गरे। र वहाँ ले सिड्नी बासि नेपाली हरु संग पनि यदि नेपाल मा तपाई हरु को कोहि आफन्त ले कुनै उधोग धन्दा तथा अन्य छेत्र मा रोजगारी हरु को सम्भावना छ भने कम्ति मा पनि एक दुइ जना अपाङ्ग हरु लाई पनि सुहाउदो रोजगार दिन शुझाब दिनु होला भन्ने अनुरोध गर्नु भयो।
सो टोलि मा नेपाल बाट आउनुभएका नेपाली शंकेतिक दोभाषे अनुबाद कर्ता हरु ले पनि नेपाल सरकार ले कुनै ब्यबस्था गरेको छैन , यदि कुनै ठाउँ मा बहिरा (अपांग ) हरु को अनुबाद गर्नु परेमा अपांग स्वम ले नै दोभाषे अनुबाद कर्ता लाई पारिश्रमिक तिर्नु पर्ने र प्राय जसो अपांग हरु नै आर्थिक रुप ले कम्जोर हुने हुँदा हामी स्वम लाई नै मर्का पर्ने हुँदा नेपाल सरकार तथा सम्बन्धित निकाय ले यस बारेमा पहल गरिदिन हुन अनुरोध छ।
सो भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मा ऑस्ट्रेलियन नेपाली फूटबल शंघ का अध्यक्छ विश्व नरशिंह राणा , शेर्पा केदुंग का महासचिब का शाङ्घे शेर्पा, किराँत खम्बु राई का अध्यक्छ शशी चन्द्र राई , याक्थुम चुम्लुङ्ग का अध्यक्छ बिष्णु फोम्बो लिम्बु, Tamang Society of NSW का अध्यक्छ अरुण कुमार तामांग र नेपाल बाट सिड्नी भ्रमर्ण मा आउनुभएको भुत पूर्व शिक्छक कृष्ण कुमार राई ले पनि अपांग हरु को समस्या का बारेमा बोल्नु भएको थियो।
Jul 04, 2011 0
Jan 17, 2011 0
Nov 21, 2010 0
Aug 11, 2026 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Nov 21, 2010 0
Dec 22, 2010 0
Jan 17, 2011 0
Aug 11, 2026 0
Aug 05, 2025 0
May 08, 2023 0