अस्ट्रेलियाको लागि नेपाली दुताबास र NSW का बाणिज्य दुत द्वारा आयोजना गरियको NRNA Australia को छेत्रीय भेला (रेगिनल चोन्फेरेंस) र नेपाल मेला (नेपाल फेस्तिबले) को लागि अष्ट्रेलियाको सिड्नीमा आई पुगेका नेपालका शिछ्या मन्त्रि दिना नाथ शर्मा संग नेपाली आदिबासी जनजाति मंच, अस्ट्रेलियाका पदाधिकारीहरु संग बिशेष मिटिंग सम्पन्न भयो/ सो मिटिंग मा मंच को तर्फ बाट अष्ट्रेलियामा स्थापना भयका सबै संगठन हरु NRN हरुकै संगठन भयको अबस्थामा NRNA अस्ट्रेलियाको कार्यक्रमलाई मात्र नेपाली दुताबास र बाणिज्य दुत द्वारा आयोजना गरिनु कत्तिको उचित छ? यसमा नेपाल सरकार ले कति खर्च गरियको छ? मन्त्रिहरु र त्यसमा संलग्न टोलीको खर्च समेत गरि ३६ लख नेपाली रुपैया खर्च भयको छ भन्ने सुन्नमा आयको हल्ला साचो हो हि होइन? र समग्रमा यो कार्यक्रम संबिधान बिरोधि प्रचारको लागि तयार गरेको कार्यक्रममा जम्मा भयका व्यक्तिहरुको जम्काभेट जस्तो लागेन? भनि सोधियको प्रस्नको जबाफमा – नेपाली दुताबास र बाणिज्य दुत किन र कसरि community Organization को कार्यक्रमको आयोजक बने त्यस बारे आफु अभिज्ञ रहेको, र सरकारी खर्चको बारेमा पनि कहाँ कति खर्च भयको हाल मलाई यकिन नभयको हुदा, नेपाल फर्केपछि सबै विवरण पठाउने प्रतिबद्ता जनाय/ र अन्तिम प्रश्नको जबाफमा कार्यक्रममा संघिता बिरोधको आभाष भने आफुलाई पनि भयको कुरा स्विकार गरे/ यहि क्रममा मंचले संबिधान सभा बाटै नया संबिधान जारिगर्नु पर्ने, ऐतिहासिक पृष्ठ भूमिको आधारमा जातीय पहिचान सहितको संघीय राज्यको सुनिश्चित गर्नुपर्ने, कुनै पनि बहानामा अरुको पहिचान माथि अधिक्रमण गर्ने काम तत्काल बन्द गराउनु पर्ने आदि को बुंदा गत उल्लेख गरियको ज्ञापन पत्र पनि बुझायको थियो/