|
नेपाली आदिबासी जनजाति मच अष्ट्रेलियाको ज्ञापन-पत्र /
नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलियाले यहि १५ मे २०१२ का दिन महामहिम राजदुत रूद्र कुमार नेपाल ज्यू मार्फत सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, तथा संविधान सभामा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलका प्रमुखज्यूहरु र संविधान सभाका माननीय सभासद्ज्यूहरु लाई जानकारी गराउनको लागि सम्माननीय संविधान सभाका अध्यक्षज्यू, लाई सम्बोधन गरियको ज्ञापन - पत्र नेपाली दुताबासको कार्यालय कयान्बेरा, अष्ट्रेलियामा बुझायको छ ।
उक्त ज्ञापन-पत्रमा हाल नेपालमा बिभिन्न बाहानामा नया संबिधान जारी गर्न नखोजिएको र जारिनै गर्न परे पनी नेपाली जनताको पहिचान र मौलिक हक़ अधिकार सुनिश्चित हुने संबिधान नबनाउने खेल र कसरत प्रतिगामी पछ्य तिर बाट भैरहेको अबस्थामा समयमै जनताले चाहे अनुसारको नयाँ संबिधान जारी भएन भने मुलुक द्वन्द तिर जाने र नेपालले ठुलो जन धन को छ्यती ब्यहोर्नु पर्ने अबस्था तट्कारो देखिएकोले त्यस्तो अप्रिय घटना बाट नेपाल र नेपाली लाई बचाउन समयमै सबै नेपालीको हक़ अधिकार र पहिचानको सुरछित गराउने नया संबिधान जारी गरियोस भनी नेपाली राजदुताबास , कयान्बेरा, अष्ट्रेलिया मार्फ़त निम्न मागहरु राखी १३ वटा विभिन्न संगठनका प्रतिनिधिहरुले हस्ताछ्यर गरियको ज्ञापन-पत्र बुझाएको छ ।
१. संकटकाल लगाएर संविधानसभाको म्याद थप्न पाईदैन। संकटकाल लगाउने षडयन्त्र बन्द गरियोस् ।
२. २०६९ जेठ १४ गते भित्र सिमान्तकृत अल्पसंख्यक आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको संविधान जारी गरियोस ।
३. अपुरो, अधुरो, संक्षिप्त र राज्यपुनसंरचना विनाको संविधान मान्दैनौं ।
४. जातीय संख्याको आधारमा राज्यको सबै अंग र तहमा पूर्णसमानुपातिक समाबेशी लागु गरियोस ।
५. संविधान सभाको राज्य पुनर्संरचना तथा राज्य शक्ति बाँडफाँड समितिको २/३ ले ऐतिहासिक पृष्ठ भुमिको आधारमा जातीय पहिचानलाई प्राथमिकता दिदै सिफारिस गरिएको १४ प्रदेश, २२ स्वायत्तता क्षेत्र, विशेष र संरक्षित क्षेत्रको समेत ब्यबस्था गरेको प्रस्ताब नकार्न पाइदैन ।
संगठनका प्रतिनिधिहरु:
१. गणेश तमांग, अध्यक्छ, नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलिया
२. छिरिंग तेन्जी लामा, प्रमुख शाल्लाहकार, शेरपा केदुन्ग , अष्ट्रेलिया
3. सुदीप गौचन, शाल्लाहकार, थकाली सेवा शमिति, अष्ट्रेलिया
४. महेन्द्र श्रेष्ठ, अध्यक्छ, गुठी अष्ट्रेलिया
५. शासी चन्द्र राई अध्यक्छ, किरात राइ यायोक्खा
६. पदम् छन्त्याल, अध्यक्छ , छन्त्याल परिवार अष्ट्रेलिया
७. अरुम तामांग, अध्यक्छ, तामांग सोसाईटी अफ न.स.व.
८. शासी सुब्बा, उप अध्यक्छ, याक्थुम चुम्लुंग अष्ट्रेलिया
९. प्रताब खरेल, प्रतिनिधि, कोचिला शंघर्ष शमिति
१०. चित्र बहादुर तुम्बा हांग्फे, उप अध्यक्छ नेपाली आदिबासी जनजाति मच अष्ट्रेलिया
११ कर्ण राजबंशी, महासचिब, नेपाली आदिबासी जनजाति मच अष्ट्रेलिया
१२ लील बहादुर गुरुंग सचिब नेपाली आदिबासी जनजाति मच अष्ट्रेलिया
१३. शमिर बान्तवा राई. कार्यकारी सदस्य, नेपाली आदिबासी जनजाति मंच अष्ट्रेलिया
सिड्नी बाट ज्ञापन-पत्र बुझाउन क्यानबेरा पुगेका यस टोलीले अस्ट्रेलियाका लागि आउनु भएका नया राजदुत रुद्र कुमार नेपाल संग परिचायत्मक स्वागत कार्यक्रम समेत राखियको थियो जसमा आआफ्नो संगठनको तर्फ बाट शसी सुब्बा,अरुम तामांग,शासी चन्द्र राई,महेन्द्र श्रेष्ठ, प्रताब खरेल, कर्ण राजबंशी,सुदीप गौचन, छिरिंग तेन्जी लामाले स्वागत मन्तब्य दिएका थिय र क्यानबेरा बाट डा. होम मुर्ति पन्त र उप नियोग प्रमुख लोक बहादुर थापाले पनि मन्तब्य दियका थिय। सो कार्यक्रमको अधछ्यता गरिरहनु भयका गणेश तामांगले वर्तमान सताब्दिमा कुनैपनि व्यक्ति आफ्नो अधिकार र पहिचान बिना काहिँ पनि बस्न नसकिने तर्क प्रस्तुत गर्दै यसमा कसै, कतै बाट कन्जुसाई गर्नु नहुने कुरा माथि जोड दियका थिया भने राजदुत रुद्र कुमार नेपालले ज्ञापन-पत्र लाई सम्बन्धित थाउमा पठाउने र नेपालीको हक अधिकार र पहिचानको कुरामा आफुले र दुताबासले सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयको थियो।
अस कार्यक्रम को संचालन चित्र बहादुर तुम्बाहांगफेले गर्नु भयको थियो भने हिमालयन रेडियोका डाइरेक्टर टिका कार्कीले कार्यक्रम को समिछ्या गरेका थिय। |